समाचार

सहकारी संस्थामा चोरी गर्ने गिरोह पक्राउ, प्रहरीले खुलायो पहिचान

Banner

झापा,बैशाख ९-

झापाका विभिन्न १३ वटा सहकारीमा भएको चोरीको घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिई प्रहरीले चोरी कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय झापाले उनीहरुको पहिचान खुलाउँदै चोरीमा संलग्नहरुलाई आइतबार म्याद थप गरी अनुसन्धान सुरु गरेको हो। १३ वटा सहकारीबाट ३० लाख १६ हजार ८७ रुपैयाँ चोरी गर्नेहरु अधिकांश मकवानपुरका नागरिक भएको झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए।

झापासहित मोरङका सहकारीमा समेत चोरीका घटनामा उनीहरूको संलग्नता देखिएको छ। प्रहरीले वैशाख ७ गते इटहरीबाट ६ जनालाई नियन्त्रणमा लिएको थियो।प्रहरीले मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नं.५ फाखेलका ३० वर्षीय सोमलाल स्याङतान, २१ वर्षीय सन्त बहादुर स्याङतान, २२ वर्षीय सुनिल स्याङतान, २५ वर्षीय बुद्ध स्याङतान, २६ वर्षीय सुरज स्याङतान र गढी गाउँपालिका वडा नं. ८ का २८ वर्षीय अजय राना मगरलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीहरुको साथबाट दुई थान मोटरसाइकल, मोवाइल र चावी फुटाउन प्रयोग गरिएका सामग्री बरामद भएका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>