चितवन विशेष

नेपाल उत्पीडित जातीय मुक्ति समाज माडीमा गीता विकको नेतृत्व

Banner

चितवन, वैशाख ९ –

नेपाल उत्पीडित जातीय मुक्ति समाज माडीको अध्यक्षमा गीता विक चयन भएकी छन् ।

समाजको दोस्रो नगर अधिवेशनले विकको नेतृत्वमा २५ सदस्यीय कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षहरुमा श्रीकुमारी विक, तुलाराम सार्की, सचिव धनबहादुर सुनार, उपसचिवमा शान्ता घकाने, भाग्यश्री गायक र कोषाध्यक्षमा सृजना परियार रहेका छन् ।
सचिव लक्ष्मण सदाशंकरले सञ्चालन गरेको कार्यक्रम नगरकमिटी अध्यक्ष डिलबहादुर गायकको अध्यक्षतामा भएको छ ।
मुक्ति समाजका केन्द्रीय सदस्य गोपाल परियारको प्रमुख अतिथि रहेको कार्यक्रममा नेकपा एमाले माडी नगर कमिटी अध्यक्ष नारायण अधिकारी, मुक्ति समाजका नेताहरु कृष्ण बयरकोटी, विजय विक, कमल रामदाम, भुवन प्यासी, तुलाराम विक, विरबहादुर सुर्खेती, एजी परियार, बाबुराम बसेललगायतको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>