चितवन विशेष

जापानमा व्याचलर पढ्न नेपालबाटै युनिभर्सिटीको टेष्ट, सेन्ट्रल कलेजका ६१ विद्यार्थी सहभागि

Banner

चितवन,बैशाख ८-

जापानमा व्याचलर पढ्न युनिभर्सिटीको टेष्ट नेपालमै सुरु भएको छ । जापानको नागासाकी इन्टरनेशनल युनिभर्सिटीले सेन्ट्रल कलेजसंगको सहकार्यमा नेपालमै टेष्ट सञ्चालन गर्न थालेको हो । शनिवार भरतपुरमा लिइएको टेष्टमा सेन्ट्रल कलेजका ६१ जना विद्यार्थी सहभागि भएका छन ।
नागासाकी इन्टरनेशनल युनिभर्सिटीले व्याजलर इन इन्टरनेशनल टुरिजम (चार बर्षै कोर्ष) जापनिज मिडियमका लागि नेपालमै जापनिज भाषा पढेर एन फो लेभल भएकालाई सहभागि गराएको सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यसरी व्याचलर पढ्न सिधै जापान जान टेष्ट दिएको यो दोस्रो पटक हो । यसअघि पनि अप्रिल इन्टेक २०२४ का लागि सेन्ट्रल कलेजले ४० जना विद्यार्थीलाई सोही युनिभर्सिटीमा सोही प्रोगामका लागि पठाइसकेको उहाँले जानकारी दिनुभयो ।

नेपालबाट अध्ययनका लागि जापान जाने विद्यार्थीले जापानीज भाषा मात्र अध्ययन गर्छन् भन्ने भाष्य स्थापित छ । तर उक्त भाष्यको अन्त्य गर्दै सेन्ट्रल कलेजले विश्वविद्यालयमा पढ्न धमाधम विद्यार्थी पठाइरहेको छ । ‘ब्याचलरमा यसरी अध्ययनका लागि न्यून विद्यार्थीले जापान जाने गरेका छन्,’, प्रिन्सिपल पौडेलले भन्नुभयो, ‘सेन्ट्रल कलेजले अब धेरै विद्यार्थी सिधै व्यचलर अध्ययनका लागि जापान पठाउँदैछ । यो सेन्ट्रल कलेजको सफलता हो ।‘’ अष्ट्रेलिया, क्यानडा जस्तै जापानमा ब्याजलर कोर्षमा अध्यनका लागि धेरै विद्यार्थीको अनुरोध आएपछि आफूहरुले विश्वविद्यालयलाई अनुरोध गरेको र विश्विद्यालयले स्वीकार गरेर जापानका युनिभर्सिटीहरुले नेपाली विद्यार्थीलाई ब्याचलर अध्ययनका लागि स्वीकृती प्रदान गरेको उहाँको भनाई छ । उहाँले ब्याचलर कार्यक्रममा जान चाहाने विद्यार्थीका लागि सहज डकुमेन्टेशन, प्रोसेस र भिजा प्राप्त गर्न समेत सहज हुने बताउनुभयो ।

शनिवार लिइएको टेष्टमा युनिभर्सिटीका प्रोफेसर ताकेदा र इसुकिमोरीले सहजिकरण गर्नुभएको थियो । उहाँहरुले जापानको युनिभर्सिटीमा सिधै व्याचलर पढ्न जान चाहाने नेपालीलाई महत्वपूर्ण अवसर रहेको भन्दै सेन्ट्रल कलेज जापान जाने विद्यार्थीका लागि स्थापित संस्था भएको बताउनुभयो । सेन्ट्रल कलेजले विद्यार्थीलाई भाषा कक्षामा दक्ष बनाएर पठाउने भएकाले युनिभर्सिटीले समेत प्राथमिकता दिएर उहाँहरुको भनाई छ ।

यो कोर्ष अध्ययनका लागि कक्षा १२ पास गरेको हुनुपर्नेछ । जापनिज मिडियममा पढ्न जान चाहनेले नेपालमै ‘एन फोर’ पास गरी एन थ्री लेवल पढेर जान सक्नेछन भने अग्रेजी माध्याममा जान चाहनेहरु अंग्रेजी भाषामा दक्ष भएको हुनुपर्नेछ । कलेजले अक्टोबर इन्टेक २०२४ मा जापानमा भाषा कोर्ष र डाइरेक्ट ब्याचलर अध्ययनका लागि जान चाहनेहरुका लागि नयाँ भर्ना खुलेको पनि जानकारी दिएको छ ।

कलेजले जापानसँगै उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, युएसए, कोरिया, युरोप लगायतका देशमा जान चाहाने विद्यार्थीलाई भाषा कक्षा, परामर्श र भिजा प्रोसेसिङका काम गर्दै आइरहेको छ । कलेजले विद्यार्थी भिजामा जान चाहाने विद्यार्थीका लागि जापनिज, कोरियन भाषा, आइएलटिएस, पिटिइ कक्षाहरु र निःशुल्क बस सेवासमेत प्रदान गरिरहेको छ । कलेजले भरतपुर ओरालोस्थित आफ्नै भवनबाट विद्यार्थीलाई सेवा प्रदान गर्न थालेको छ । विभिन्न सामाजिक काममासमेत सक्रिय सेन्ट्रल कलेज विद्यार्थीको पहिलो रोजाइमा पर्नेगरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>