चितवन विशेष

चितवन एभरेष्ट अस्पतालको सञ्चालक समितिको अध्यक्षमा भरतराज रेग्मी

Banner

चितवन, वैशाख ८-

भरतपुर महानगरपालिका–१० अस्पताल रोडमा रहेको चितवन एभरेष्ट अस्पतालको सञ्चालक समितिको अध्यक्षमा भरतराज रेग्मी चयन भएका छन् ।

अस्पतालको आज सौराहामा सम्पन्न आठौं साधारण सभा तथा चौथो अधिवेशनले रेग्मीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
नयाँ समितिमा अधिकांश अघिल्लो समितिकै सदस्यहरु दोहोरिएका छन् । अस्पतालको प्रबन्ध निर्देशकमा डा नवराज लामिछाने चयन भएका छन् ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ऋृषिराम पौडेल र मेडिकल निर्देशकमा डा मनोज कँडेल रहेका छन् । बोर्डका अन्य सदस्यहरुमा असिम श्रेष्ठ, हरि सापकोटा र डा श्वेता कुमारी गुप्ता रहेका छन् । नयाँ समिति सदस्यहरुलाई सोही कार्यक्रममा शेयर प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा शेयर सदस्यहरु डा साजन केसी, डा अमित चौधरी, विष्णु अधिकारीलगायतको पनि उपस्थिति थियो । यस्तै सोही अवसरमा नयाँ वर्ष २०८१ को शुभकामना आदान–प्रदान कार्यक्रम समेत गरिएको प्रबन्ध निर्देशक डा नवराज लामिछानेले जानकारी दिए । चितवन एभरेष्ट अस्पताल भरतपुर १० स्थित अस्पताल रोडमा रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>