Breaking News

चुनावी प्रचार प्रसार गर्दै रविले भनेः रक्सी र मासुमा भोट खेर नफाल्नु होला

Banner

काठमाडौं, वैशाख ८-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रक्सी र मासुमा भोट खेर नफाल्न आग्रह गरेका छन् । चुनावी प्रचार प्रसारका लागि इलाम गजुरमुखी धाममा भएको सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले रक्सी र मासुमा भोट खेर नफाल्न आग्रह गरेका हुन् ।

पार्टीका उम्मेदवार मिलन लिम्बुको चुनावी सभामा लामिछाने लगायत नेताहरूले सम्बोधन गरिरहेका छन् । आफ्नो पार्टीसँग इमानदार उम्मेदवार बाहेक अरू केही नभएको उनले ठट्टा गर्दै भने, ‘हाम्रो त पानी खुवाउने पैसा पनि छैन । रक्सी, मासु त कसरी बाँड्नु ।’

खासमा उनले चुनावको समयमा उम्मेदवारहरूले जनतालाई विभिन्न प्रलोभन देखाएर मत माग्ने गर्छन् भन्ने सन्दर्भमा व्यङ्ग्य गरेका थिए । फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>