अन्तर्राष्ट्रिय

ब्राजिलमा बाँध फुट्दा ३० जनाको मृत्यु

Banner

काठमाडौं, वैशाख २१-

ब्राजिलमा बाँध भत्किँदा ३० जनाभन्दा बढीको मृत्यु भएको छ । दक्षिणी ब्राजिलको एक हाइड्रोइलेक्ट्रिक बाँध भीषण बाढीका कारण भत्किँदा मानिसको मृत्यु भएको हो ।

अरु ६० जना मानिस रियो ग्रान्डे डो सुल स्टेटबाट पनि हराइरहेको जनाइएको छ । गएको शनिबारयता करिब १५ हजार मानिस विस्थापित भएको र पाँच लाख मानिसकोमा बिजुली र पिउनेपानीसमेत पुग्न नसकेको जनाइएको छ । भत्किएको बाँध ६ दशमलब ६ फिटको रहेको थियोे ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला घटनास्थलको अवलोकन गर्न पुगेका छन् । अलपत्र परेका मानिसको उद्धार गर्न हेलिकोप्टर पठाइएको छ । बीबीसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>