पत्रपत्रिका

साना दलको समाप्ति खोज्दै एमाले

Banner

काठमाडौं, वैशाख ८-

नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा मुलुकमा राजनीतिक स्थिरताका लागि बलिया र निर्णायक दलको अवधारणामा छलफल चलाउने भएको छ।

उसले सानासाना दलका कारण मुलुकमा राजनीतिक अस्थिरता पैदा भएकाले स्थिरताका लागि ठुला र बलिया दलको अवधारणा अघि सारेर बहस चलाउने भएको हो। मुलुकमा स्थिरताका लागि दुई बलिया र निर्णायक दल हुनुपर्ने यो अवधारणाको अन्तर्य भएको बुझिएका छ।

‘हामी नेपालमा सानासाना धेरै राजनीतिक दल होइन, ठुला, बलिया र निर्णायक राष्ट्रिय शक्ति हुनुपर्छ भन्नेमा छौं’, एमाले महासचिव शंकर पोखरेलले भने। उनका अनुसार राष्ट्रिय आवश्यकता पूरा गर्नेगरी एमाले अघि बढिसकेको छ।

समाचार नागरिक दैनिकमा छ, नेपाली कांग्रेसले ठुला दल मिलेर संविधान संशोधन गरी मुलुकमा राजनीतिक स्थिरता स्थापित गर्नुपर्ने बताइरहेका बेला एमालेले मुलुकमा ससाना धेरै दलको सट्टा बलिया पार्टी निर्माणको अवधारणामा बहस चलाउन लागेको हो। एमालेले यो अवधारणामा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा छलफल गराउने तयारी गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>