खेलकुद

एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल आज हङकङसँग खेल्ने

Banner

काठमाडौं, वैशाख ८-

यूएईसँगको हारसँगै उपाधि दावेदार नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएपछि आज तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दै छ।

शुक्रवार भएको सेमिफाइनलमा कुनै पनि ब्याटर राम्रोसँग चल्न नसक्दा यूएईसँग ६ विकेटले पराजित भएको नेपाल दोस्रो सेमिफाइनलमा ओमानसँग पराजित हङकङसँग तेस्रो स्थानका लागि खेल्न लागेको हो।

हङकङसँगको आजको खेल जितेमा नेपालले इमर्जिङ टिम्स एशिया कप खेल्न पाउनेछ। उक्त प्रतियोगितामा भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र श्रीलंकाकाका ए टोली सहभागी हुनेछन्।

ओमानले हङकङलाई ५ विकेटले पराजित गर्दै उपाधिका लागि यूएईसँग फाइनलमा भोलि प्रतिस्पर्धा गर्ने भएको हो। फाइनल पुगेका ओमान र यूएई इमर्जिङ टिम्स एशिया कपका लागि छनोट भएका छन् भने उपाधि विजेताले आगामी एशिया कपमा खेल्न पाउनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>