अन्तर्राष्ट्रिय

भारतीय कांग्रेस भन्छ– मोदी तेस्रोपटक प्रधानमन्त्री हुन सक्दैनन्

Banner

नयाँ दिल्ली,वैशाख ७-

भारतको प्रमुख विपक्षी दल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री हुन नसक्ने बताएका छन् । उनले अब जनताले परिवर्तन चाहेको समेत बताए ।

उनले भारतीय जनता पार्टी ९भाजपा०का नेताले अहिले पनि संविधान परिवर्तन गर्ने कुरा गरिरहेको जनाउँदै भने, “के कांग्रेसलाई अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठामा भाग लिँदा फाइदा हुन्थ्यो ? मन्दिरप्रति आस्था छ भने जुन दिन पनि जान सकिन्छ । मोदी पुजारी होइनन् । उनले किन पूजाको नेतृत्व गर्नुपर्थ्यो ।”

उनले भाजपाले राष्ट्रपति द्रौपदी मुर्मू र पूर्वराष्ट्रपति रामनाथ कोविंदको अपमान गरेको आरोप समेत लगाए । उनीहरू दुवैजना आदिवासी जनजाति भएका कारण अपमान गरिएको उनको भनाइ थियो ।

इन्डियन एक्सप्रेसको रिपोर्टमा जनाइएअनुसार खड्गेले मुर्मूलाई राम मन्दिरको प्राणप्रतिष्ठा र संसद्को उद्घाटन गर्न नदिएर अपमान गरिएको र पूर्वराष्ट्रपति कोविदलाई संसद्को शिलान्यास गर्न नदिइएर अपमान गरिएको आरोप लगाएका छन् । बीबीसी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>