समाचार

सेनाले माग्यो २५ सय पदमा दरखास्त (सूचनासहित)

Banner

काठमाडौं, वैशाख ७-

नेपाली सेनाले पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन माग गरेको छ। शुक्रबार सार्वजनिक सूचना प्रकाशन गरी जंगी अड्डाले रिक्त विभिन्न पदमा दरखास्त माग गरेको हो।

सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा सार्वजनिक सूचना प्रकाशन गर्दै जंगी अड्डाले दुई हजार ५०५ रिक्त पदमा आवेदन मागेको हो।

स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि. सुचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार) पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने सूचनामा उल्लेख छ।

जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>