Uncategorized

जीबी राई समूहद्वारा स्वर्णलक्ष्मीका बचतकर्ताको २ अर्ब ७४ करोड भन्दा बढी रकम अपचलन

Banner

काठमाडौँ , बैशाख ०६-
सहकारी ठगीको फरार सूचीमा रहेका गीतेन्द्र बाबु राई (जीबी) आबद्ध अर्को सहकारीमा पनि अर्बैँ रकम अपचलन भएको पाइएको छ । काठमाडौँको कालीमाटीमा केन्द्रीय कार्यालय रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट बचतकर्ताहरूको अर्बौँ रुपैयाँ अपचलन भएको पाइएको हो । उक्त सहकारीको अध्यक्ष राई नै हुन् ।

गोर्खा मिडिया नेटवर्क प्रा.लि. (ग्लालेक्सी फोर–के टेलिभिजन)का सञ्चालक समेत रहेका राईले स्वर्णलक्ष्मी सहकारीबाट ८० करोड रुपैयाँ बराबरको बचत रकम लगेको बताइएको छ ।

यसअघि पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड रुपैयाँ, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख रुपैयाँ र बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख रुपैयाँ राईले विभिन्न खाता तथा ऋणी खडा गरेर अपचलन गरेको देखिएको थियो ।

‘टेलिभिजनको नाममा विभिन्न बैंक खातामा गरी २२ करोड रुपैयाँ ट्रान्सफर भएको प्रस्टै देखिएको छ । अरू विभिन्न माध्यम, व्यक्ति तथा शीर्षकहरू खडा गरी अध्यक्ष राईले ५० करोड रुपैयाँमाथिको बचत रकम टेलिभिजनमा मात्रै लगेको देखिन्छ ।
अन्य सहकारीहरूमा जस्तै स्वर्णलक्ष्मी सहकारीमा समेत गोर्खा मिडिया नेटवर्कको नाममा गएको ऋणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरिएको छ । तथापि, ऋणमा लामिछाने आफ्नै सहीछाप तथा ल्याप्चे नहानेकाले सो प्रमाण सार्वजनिक नगरिएको खनालले बताए ।

२ अर्ब ७४ करोड भन्दा बढी बचत अपचलन राई समूहले अन्य सहकारीहरूमा जस्तै स्वर्णलक्ष्मी सहकारीबाट मात्र पौने ३ अर्ब रुपैयाँ बचत रकम अपचलन गरेको पीडित सङ्घर्ष समितिको दाबी छ । सङ्घर्ष समितिमा हालसम्म जोडिएका करिब ५ सय जना पीडित बचतकर्ताहरूको मात्र २ अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको पीडितहरूले दाबी गरेका छन् । यो रकम थप बढ्न सक्ने उनीहरूको भनाइ छ । पीडित बचतकर्ता मध्यका एक कृष्ण परियारले आफ्नो ८७ लाख रुपैयाँ सहकारीले फिर्ता नगरेको गुनासो गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>