भिडियो

अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक

Banner

काठमाडौं, वैशाख ६–

अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण कम्पनिले फिल्मको पहिलो ट्रेलर सार्वजनिक गरेको हो । बुद्ध जयन्तीको अबसरमा आगामी जेठ १० गतेबाट फिल्म दर्शकमाझ आउँदैछ ।

ट्रेलरमा फिल्मका प्रमुख कलाकार अनमोलसँगै अभिनेत्री जसीता गुरुङ, डेब्यू कलाकारद्वय रवी काफ्ले र समृद्धि अर्याल लगायतका कलाकार फिचर्ड छन् । उच्च मेकिङ र पछिल्लो समय दर्शकमाझ आएका फिल्महरूभन्दा भिन्न स्वाद फिल्मले पस्केको ट्रेलरमा देखिन्छ । लभस्टोरी जनरामा सर्वाधिक रुचाइएका अनमोल र अभिनेत्री जसीताको सुन्दर केमेस्ट्रि देखाइएको छ ।

कार्यक्रममा बोल्दै अनमोलले आफ्नो करियरको दशौं वर्ष र यो फिल्म पनि आफ्नो दशौं फिल्म भएको भन्दै आफ्नो लागि ुफर्की फर्कीु विशेष रहेको बताए । अभिनेत्री जसीताले अनमोलसँग पहिलोपटक काम गर्न पाएकोमा खुशी व्यक्त गरिन् । यो फिल्म आफ्नो लागि डेब्यू जस्तै रहेको र निकै मेहनत गरेको उनको भनाई छ ।

शाहिल खानले फिल्मको ट्रेलर तयार पारेका हुन् । प्रेम, रोमान्स र टाइम ट्राभलको कथा फिल्मले बोल्ने संकेत ट्रेलरले गरेको छ । यो फिल्म वर्ष २०८१ को प्रतिक्षित फिल्म मध्येको एक हो ।
रोहित अधिकारी फिल्मस्ुको प्रस्तुति र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । ओमप्रकाश अग्रवाल निर्माता रहेको फिल्ममा मनोज वली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् । यो फिल्ममा अरुण रिजालको पनि लगानी छ ।

फिल्म फर्की फर्कीमा सुरेन्द्र पौडेलको सम्पादन छ भने रोमन न्यौपाने र नरेन लिम्बुको संगीत रहँदा छायांकन नरेन्द्र मैनालीको छ । सुयोग गुरुङको पटकथा र किरण थापाको कोरियोग्राफी छ । प्रोडक्सन हेड शंकर पाण्डे हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>