देश/प्रदेश

इराकमा १२ जना नेपाली मारिएको ठाउँमा नै राजेश पायल राईले सांगीतिक प्रस्तुति दिँदै

Banner

काठमाडौं, वैशाख ६-

इराकमा १२ जना नेपालीको हत्या भएको ठाउँमा गायक राजेश पायल राईले सांगितिक प्रस्तुति दिने भएका छन् ।

‘राई इज किङ’का रुपमा चिनिएका राईले भोलि शुक्रबार प्रस्तुति दिन लागेका हुन् ।

हङकङ, मकाउ हुँदै इराक पुगेका राजेश पायलले भने, ‘संसारका अधिकांश देशमा सांगीतिक कार्यक्रम गरिसकेको छु । तर, इराकमा पहिलोपटक प्रस्तुत हुन लागेको हुँ ।’ इराकको विमानस्थल टेक्दा राजेश पायललाई त्यहाँ रहेका नेपालीले स्वागत गरेका छन् ।
गायक राजेशपायलले इराकको कुर्दिस्तानमा कार्यक्रम गर्न लागेका छन् । जहाँ, इराकी आतंककारी समूह ‘अन्सर अल सुन्ना’ले २०६१ भदौ १५ मा १२ जना नेपालीको हत्या गरेकाथियो ।

१२ जना नेपालीको हत्यापछि पनि इराकमा रोजगारीको क्रममा थुप्रै नेपाली इराकपुगेका छन् । उनीहरुकै अनुरोधमा सांगीतिक प्रस्तुति दिन राजेश पायल त्यहाँ पुगेकाहुन् । इराकमा पनि आफ्ना नयाँ पुराना गरी डेढ दर्जन गीत प्रस्तुत गर्ने उनले बताए । राजेशपायलले भने, ‘अमेरिकामा १७ औँ पटक कार्यक्रम गरिसकेँ, तर इराकमा पहिलो पटक गर्दैछु, यो मेरो लागि पक्कै स्मरणीय हुनेछ र दर्शकलाई पनि अविस्मरणीय तुल्याउने प्रयास गर्नेछु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>