समाचार
स्याङ्जामा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु
०
स्याङ्जा,बैशाख ३ –
वालिङ नगरपालिका १३ बायाटारीस्थित सडकमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ६८९७ नम्बरको बसबाट खसेर सर्लाही मलंगवा नगरपालिका ६ घर भई स्याङ्जा गल्याङ नगरपालिका १ खहरे बस्ने २० वर्षीय अमित साहको सोमबार बिहान मृत्यु भएको छ ।
बसबाट खसेर पछाडिको टायरले किच्दा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>