चितवन विशेष
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ राप्ती नगर कमिटीमा तामाङको नेतृत्व
०

चितवन, वैशाख ३ –
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ राप्ती नगर कमिटीको अध्यक्षमा जीतबहादुर तामाङ चयन भएका छन् ।
आज सम्पन्न भेलाले तामाङको नेतृत्वमा २१ सदस्यीय नगर कमिटी चयन गरेको हो ।
नेकपा एमाले लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल जिल्ला कमिटी चितवनका अध्यक्ष सिताराम बलको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालका केन्द्र तथा प्रदेश कमिटीका नेताहरु लगायतको उपस्थिति रहेको थियो ।