काठमाडौँ

नयाँ वर्षदेखि दरबारमार्ग र ठमेल २४ सै घण्टा खुलाउने व्यवसायीको घोषणा

Banner

काठमाडौं, चैत २९-

ठमेल प्रर्यटन विकास परिषद र दरबारमार्ग विकास बोर्डले नयाँ वर्ष २०८१ देखि दरबारमार्ग र ठमेल क्षेत्रलाई २४ सै घण्टा खुल्ला गराउने घोषणा गरेका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै नयाँ वर्ष २०८१ देखि दरबारमार्ग र ठमेल क्षेत्रलाई २४ सै घण्टा खुल्ला गराउने घोषणा गरेका हुन् । गृह मन्त्रीको सक्रियतामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रही दरबारमार्ग र ठमेल २४ सै घन्टा व्यवसाय संचालन गराउन चालेको कदमलाई सकारात्मक रूपमा लिएको परिषद् र बोर्डको भनाइ छ ।

यद्यपी ठमेल भगवान बहाल क्षेत्र भित्रका व्यवसायीले २४ घण्टा व्यवसाय संचालन गराउन नपाउने ठमेल पर्यटन बोर्डले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>