राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले २२ गते विश्वासको मत लिने

Banner

कैलाली, चैत २०-

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले २२ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले आज प्रदेशसभा सचिवालयमा विश्वासको मत लिनको लागि सूचना दर्ता गराएका हुन् ।

२२ गते दिउँसो ३ बजे बैठक आह्वान गरिएको सभामुख भीम भण्डारीले जानकारी दिए । भोलि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।

२३ गते माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । अहिले कांग्रेसका १८, माओवादीका सभामुखसहित ११ एमालेका १०, नाउपाका ७, नेकपा एसका ४ साथै स्वतन्त्र र राप्रपाका १-१ जना संसद छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>