Breaking News

सहकारी प्रकरणमा मेरो नामबाहेक अरु केही छैनः गृहमन्त्री लामिछाने

Banner

काठमाडौं,चैत १४-

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणको आफू दोषी नरहेको बताएका छन् । उनले सहकारी प्रकरणमा आफ्नो नामबाहेक अरु केही नरहेको बताए । राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले अदालतमा दर्ता भएको मुद्दामा आफू प्रतिवादी नरहेको बताए । सहकारी प्रकरणमा मेरो नाम छ भनिएको छ । त्यहाँ मेरो नामबाहेक केही छैन । अदालतमा दर्ता भएको मुद्दामा म प्रतिवादी छैन । जाहेरी सूचनाको रूपमा प्रहरीमा दर्ता रहेको छ । यो कांग्रेस सरकारमा रहँदा भएको कुरा हो ।

उनले आफूले अनुसन्धानलाई कुनै किसिमले प्रभावित नपार्ने बताए । मन्त्रीले अनुसन्धान प्रभावित पार्ने होइन । निर्देशन दिने पनि होइन । संयन्त्र छ जो हामीले बनाएका हौँ । भोट हालेको मान्छेले ठग्यो भन्लान् जहाँ प्रश्न उठ्छ त्यहाँ जवाफ दिनुपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>