चितवन विशेष

टिभीएसले चितवनमा भित्रायो नयाँ मोडेलका अपाचे र रोनीन मोडेलका मोटरसाइकल

Banner

चितवन, माघ २८-

चितवनमा एक साथ टीभीएस कम्पनीका दुई वटा मोडेलका मोटरसाइकल भित्रिएका छन् । चितवनका लागि आधिकारी बिक्रेता मालाश्री मोटर्सले आइतबार एक कार्यक्रमका बिच टिभीएस कम्पनीका अपाचे आरटीआर फोरभी र रोनीनको–२०२३ मोडेलको नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो ।

अपाचे आरटीआर–१६० फोरभी र रोनीनको २२५.९ सीसी क्षमताको मोटरसाईकल चितवनमा ल्याइएको मालाश्री मोटर्सका प्रोपाइटर सरोज अर्यालले जानकारी दिए ।
अपाचे आरटीआरको मोटरसाइकल एफआई इन्जिनयुक्त र सिंगल च्यानल एबीएससहित उपलब्ध रहेको उनले बताए । त्यसैगरी यसलाई स्पोर्ट, अर्वान र रेन गरी तीन मोडमा चलाउन सकिन्छ । टीभीएसका अन्य मोडल जस्तै यसमा पनि स्मार्ट कनेक्ट फिचर उपलब्ध रहेको अर्यालले जानकारी दिए । मोटरसाइकलमा १५९।७ सीसीको फोर स्ट्रोक, फोर भल्व इन्जिन रहेको छ, जसले स्पोर्ट मोडमा १७।५ पीएस पावर र १४।७ एनएम टर्क जेनेरेट गर्छ ।

यस्तै टीभीएस रोनीनमा २२५।९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९दशमलव ९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत ग्राहकले पाउने उनले बताए । यसको फ्रन्टमा राउन्ड सेप एलइडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डिआरएल दिइएको छ ।

नयाँ मोटरसाईकल सार्वजनिक गर्दै चितवन अटो मोवाइल्स एसोसिएसनका अध्यक्ष राजन पियाले अहिले टिभीएस कम्पनीका मोटरसाइकल ग्राहकको रोजाईमा परेको बताए । उनले अहिले बैंकले मोटरसाइकलमा लगानी नगर्दा व्यापार समेत घट्दै गएको उनले दुखेसो पोखे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>