घटना -दुर्घटना

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

Banner

बैतडी, मंसिर २-

बैतडीको दोगडाकेदारमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–८, कालागाउँका ३५ वर्षीय अम्मर विष्ट रहेका खोचलेक प्रहरीचौकीका इन्चार्ज नवलसिंह भाटले जानकारी दिए ।

विष्टको घटनास्थलमै मृत्यु भएको थियो । कालागाउँबाट सिल्लेगडातर्फ आउँदै गरेको से१ज ६०३ नम्बरको जीप शनिबार दोगडाकेदार–३, घोडेधारनजिकै दुर्घटनामा परेको हो । कच्ची सडक र उकालो नचढ्दा जीप ‘ब्याक’ भएर दुर्घटनामा परेको त्यसमा सवार लोकबहादुर विष्टले बताए ।

यस्तै, कालागाउँकै ३० वर्षीया कलावती विष्ट, सोही ठाउँका ४५ वर्षीया हिरा विष्ट, चार वर्षीय रियाग विष्ट, सात वर्षीया सुशीला विष्ट र ६० वर्षीय पद्म विष्ट घाइते भएका छन् । घाइतेमध्ये कलावती र हिराको अवस्था गम्भीर रहेको बैतडीका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

गम्भीर घाइतेलाई उपचारका निम्ति जिल्ला अस्पतालमा पठाइएको छ । अरू घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>