Breaking News

कांग्रेस पार्टी हो की मञ्च हो की मोर्चा ? बुझिनसक्नु छ: प्रधानमन्त्री प्रचण्ड

Banner

कैलाली, असोज २९-

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसभित्र तीव्र असन्तुष्टि र मतभेद रहेको बताएका छन् ।
समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो टिप्पणी गरेका हुन् ।

‘एमाले भित्र पनि थाहा पाइरहनु भएको होला । एमालेभित्र चिरा परेको छ । कांग्रेस पार्टी हो की मञ्च हो की मोर्चा हो ? बुझिनसक्नु छ’, उनले भने, ‘कोशीमा हाम्रो एउटा गठबन्धन छ अर्काे असन्तुष्ट कांग्रेससँग एमालेको गठबन्धन छ ।’

उनले दुई दिनसम्म कोशीको समस्या समाधान गर्न आफूले पहल गरेको बताए । उनले विश्वासको मत लिनुभन्दा पहिले एक मन्त्री मात्रै बनाउने सहमति भएको तर त्यहाँ २ मन्त्री नियुक्त गरेकोमा असन्तुष्टि समेत रहेको बताए । शेरबहादुर देउवा, आफू र शेखर कोइरालाले संयुक्त रुपमा हस्ताक्षर गरेर तत्कालको लागि समस्या समाधान गरेको प्रचण्डको भनाइ थियो ।

‘तीनजना बसेर सहमति पत्रमा हस्ताक्षर भयो । यति भएपछि ढुक्क भइयो भनेको फेरि अर्काे कुरा आयो’, उनले भने, ‘नेपाली कांग्रेसको एक मन्त्री बनाउने भनेको एक एमालेको छिराइहालेछ ।’ प्रधानमन्त्री प्रचण्डले यही गठबन्धन पाँच वर्षसम्म चल्ने बताए । उनले समाजवादी मोर्चाको अन्तिम गन्तव्य एउटै पार्टी भएको समेत जनाए । ‘मोर्चा नै अन्तिम उद्देश्य होइन यसलाई एउटै पार्टी बनाउने लक्ष्य रहेको छ’, प्रधानमन्त्रीले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>