Uncategorized

२० प्रतिशत घर भाडा घटाउन चितवनका व्यवसायीको माग

Banner

चितवन, जेठ २६-

चितवनका व्यवसायीले २० प्रतिशतसम्म घर भाडा घटाउन अनुरोध गरेका छन् ।

नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले आर्थिक मन्दीबाट व्यवसाय धरासायी अवस्थामा पुगेको भन्दै हालमा रहेको घर भाडादरमा २० प्रतिशत घटाई दिन तथा लिन घरधनी र व्यवसायी दुवै पक्षलाई अनुरोध गरेको हो । मञ्चले आज (शुक्रबार) नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरेर आर्थिक मन्दीको असर रहुन्जेल र व्यवसायहरु पूर्ववत अवस्थामा चलायमान हुन नसक्दासम्म घरभाडा घटाउन उनीहरुले माग गरेका हुन् ।

नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष ख्याम नारायण पराजुलीले राजमार्ग विस्तार तथा विकास निर्माणका क्रममा प्रत्यक्ष प्रभावित व्यवसाय सञ्चालन नहुँदासम्म भाडादरमा पूर्ण रुपमा छुट दिन अनुरोध गर्नुभयो । उहाँले घरबहाल सम्बन्धी कर घरधनी स्वयम आफैँले तिर्नुपर्ने समेत स्पष्ट पार्नुभयो ।

‘अहिले व्यवसायीले आर्थिक मन्दिका कारण घरभाडा समयमा भुक्तानी गर्न नसक्दा घरधनीहरुलाई समेत असर परेको छ,’ अध्यक्ष पराजुलीले भन्नुभयो, ‘घरभाडा समस्याका कारण व्यवसायहरु बन्द हुँदै गएको खण्डमा बेरोजगारी बढ्ने, घरधनीले प्राप्त गर्ने घरभाडा, राज्यले प्राप्त गर्ने व्यवसाय कर, बहाल कर लगायत अन्य कर समेत घट्ने हुँदा यसलाई व्यवसायी, घरधनी र राज्य पक्षले सहजकिरण गरि विकल्प खोज्नुपर्दछ ।’
चितवनका मुख्य शहर र व्यवसायी स्थलहरुका ८० प्रतिशतदेखि ९० प्रतिशत व्यवसायीहरु भवन, सटर, कोठामा भाडा लिई व्यवसाय सञ्चालन गर्दै आएका छन् । व्यवसायमा देखिएको ह्रासका कारण घरभाडा, चर्को बैंकको ब्याज र सामान्य दैनिक खर्चहरुको समेत चलाउन नसकेर व्यवसायीहरु पलायन हुँदै गएको उहाँले बताउनुभयो ।

उहाँले बैंक तथा वित्तिय संस्थाद्धारा प्रदान गरिएको कर्जाको ब्याजलाई एक अंकमा सिमित राख्न नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>