Breaking News

दूध उत्पादनमा ६ करोड बढी अनुदान बाड्दै भरतपुर महानगर, ११ हजार बढी किसान लाभान्वित हुने

Banner

पूजा ढकाल

चितवन, जेठ २५-

भरतपुर महानगरपालिकाले चितवनका दुग्ध सहकारी संस्थालाई अनुदानको रुपमा चेक प्रदान गरेको छ । भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखाले आज महानगरले ७३ वटा दुग्ध सहकारी संस्थालाई चेक प्रदान गरेको हो ।

महानगरले ७९ वटा सहकारी संस्थामध्ये ६ वटा सहकारीको विवरण जाँच गर्न नभ्याएकोले प्रति लिटर तीन रुपयाँको दरले आज ७३ सहकारीलाई १५ वटा चेक मार्फत अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाकी  मेयर रेनु दाहालले नेपालको ७५३ पालिका मध्ये सबै भन्दा पहिला यो कार्य योजना महानगरले अगाडि बढाएको जानकारी दिइन् । महानगरले यो कार्य अगाडि बढाएपछि अहिले बागमती प्रदेशले पनि किसानलाई अनुदान रकम प्रदान गर्ने गरेको उनको भनाइ छ ।

तर, उनका अनुसार महानगरपालिकाले भने पहिलो पटक आर्थिक वर्ष २०७४–०७५ बाट नगरपालिका भित्रका किसानलाई अवेदन मार्फत् छनोट गरेर अनुदान रकम प्रदान गरेको थियो । जुन समय महानगरले प्रति लिटर २५ पैसाको दरले ६५ लाख लिटर दूधको लागि १६ लाख ७५ हजार रुपैयाँ अनुदान प्रदान गरिएको थियो । पहिलो वर्ष बजेटको आकार सानो भएको २५ पैसाबाट सुरु गरेको बताउँदै दाहालले भनिन्, ‘आव ०७६–०७७ प्रति लिटक एक रुपयाँको दरले दिँदा एक करोड ६२ लाख लिटर दूधको लागि एक करोड ६२ लाख प्रदान गरिएको थियो । तर, आव ०७७–०७८ बाट अनुदान रकम बढाएर तीन रुपैयाँ बनाइएको छ । जसको कारण आव ०७७–०७८ र ०७८–०७९ मा एक करोड ७९ लाख लिटर दूधको लागि ५ करोड ३८ लाख अनुदान प्रदान गरिएको थियो । ’ त्यस्तै यस आव ०७९–०८० मा दुई करोड चार लाख लिटर दूधको लागि ६ करोड १२ लाख रुपैयाँ अनुदान स्वरुप प्रदान गर्दा महानगरका ११ हजार ५३४ किसान लाभान्वित भएको दाहालको भनाइ हो । जिल्लाको आयआर्जनको एक मात्र महत्वपूर्ण स्रोत कृषि भएकोले महानगरको अबको प्रथमिकता कृषिसँगै शिक्षा र स्वास्थ्य भएको मेयर दाहालले बताइन् ।

कार्यक्रममा महानगरका उपमेयर चित्रसेन अधिकारीले किसानको हितकै लागि महानगरले पहिलो पटक लागू गरेको अनुदान रकमलाई निरन्तरता दिँदै यस आवमा पनि प्रति लिटर तीन रुपयाँको दरले ११ हजार ५३४ किसानलाई अनुदान स्वरुप चेक प्रदान गरेको जानकारी दिए । उनका अनुसार महानगर भित्रका किसानलाई छुट्याएको बजेट अनुसार तीन रुपैयाँको दरले सहकारीलाई चेक प्रदान गरिएको छ र अब सहकारीमार्फत अनुदान रकम कृषकको हात हातमा पुग्छ ।

अनुदान रकम प्रदान गरेकोमा महानगरपालिकालाई धन्यवाद दिँदै अन्नपूर्ण दूध उत्पादक सहकारी संस्था भरतपुरका अध्यक्ष ऋषिराम चापागाइँले महानगरले अनुदानले प्रदान गर्दै गर्दा किसानले पसिनाको प्रतिफल पाएको बताए । यसरी किसानको मेहनतको प्रोत्साहन गरेर अनुदान प्रदान गर्दा किसानको जीवनस्तर उकास्न सहज हुने चापागाइँको भनाइ छ । तर, किसानलाई विभिन्न अनुदान दिन भन्दा प्रत्यक्ष अनुदान महानगरले दिन सके राम्रो हुने सुझाव दिदैँ अब कृषि क्षेत्रमा विभिन्न रणनीति बनाएर युवालाई पनि जोडनुपर्र्नेे उनको भनाइ छ ।

त्यस्तै पछिल्लो समय भारतबाट ल्याउन लागेको मुर्रा जातको राँगाको विषय संसद तथा जनताले बुझन नसकेर चर्चामा विषय भएको बताउँदै उनले भने, ‘यसरी भारतबाट धेरै दूध उत्पादन गर्न सक्ने राँगा ल्याएर प्रजनन्का लागि त्यसलाई प्रयोग गर्ने हो भने हामी किसानले पहिले एक लिटर दूध दिने भौँसीबाट पनि २० लिटर समम दुध दुहुुन सकिन्छ । जसको कारण पशुपालक किसानलाई निकै फाइदा हुन्छ । ’

महानगरको के के छन् अनुदान कार्यक्रम ?

पशु स्वास्थ्य शिविर, घरदैलो उपचार कार्यक्रम, गाईभैँसी प्रवद्र्धनका लागि गोठ सुधार, जैविक सुरुक्षा तथा पशु खरिदमा अनुदान, बाख्रा खरिद तथा गोठ सुधारमा सहयोग, निम्न वर्गका किसानको आय वृद्धि गर्न बाख्रा वितरण, बंगुर बितरण, हाँस बितरण, घाँस प्रवद्र्धनका लागि घाँस क्षेत्रको बिस्तार, पशुपालन सम्बन्धमा १६ वटा तालिम सञ्चालन गरेर ४०० जना कृषकलाई प्राविधिक ज्ञान प्रदान गर्ने जस्तो विभिन्न कार्ययोजना सञ्चालन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>