क्रिकेट

स्कटल्यान्डसँगको अभ्यास खेलमा नेपाल १ सय ३५ रनमै अलआउट

Banner

काठमाण्डौ,  जेठ २५–

आईसीसी विश्व कप छनोटका लागि अन्तिम तयारीमा रहेको नेपाल स्कटल्यान्डसँगको पहिलो एकदिवसीय अभ्यास खेलमा १ सय ३५ रनमै अलआउट भएको छ । बिहीवार दक्षिण अफ्रिकाको प्रिटोरियामा टस हारेर ब्याटिङ गरेको नेपालले २७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३५ रन बनाएको हो । स्कटल्यान्डले अब केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

नेपालले दोस्रो अभ्यास खेलमा शनिवार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपाली टोली अघिल्लो हप्ता मङ्गलवार दक्षिण अफ्रिका गएको थियो । नेपाल दक्षिण अफ्रिकाबाटै जिम्बाब्वे जानेछ । जिम्बाब्वेमा हुने  विश्व कप छनोट प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ ।

सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । असार ३ मा जिम्बाब्वेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् ।

हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा समूह ‘बी’ बाट आउने तीन टोलीले समूह ‘ए’ का तीन टोलीसँग खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोली फाइनलमा पुग्दै भारतमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>