चितवन विशेष

चितवनको व्यापारिक केन्द्रमा घरभाडा नबढाउन उद्योग वाणिज्य संघको अपिल

Banner

चितवन, जेठ २०-

उद्योग वाणिज्य संघ चितवनले व्यापारिक केन्द्रको घर भाडा सकभर नबढाउन र सकेसम्म छुट दिन अपिल गरेको छ ।

संघले देशमा चरम आर्थिक मन्दीका कारण व्यापार र व्यवसायिक गतिविधिमा ह्रास आएको भन्दै शुक्रबार सबै घरधनीहरुलाई सो अपिल गरेको हो ।

संघले कोभिड–१९ पश्चात सिर्जित अवस्था एवम् बैँक तथा वित्तीय संस्थाहरुले लिने गरेको चर्को बैँक ब्याजदरका कारण व्यवसायी ठूलो मारमा परेको जनाएको छ । संघले भनेको छ, ‘औद्योगिक उत्पादन तथा वितरण अत्यन्त सुस्त भएका कारण सर्वसाधारणको दैनिकी समेत अप्ठ्यारोे परिस्थितिबाट गुज्रिरहेको छ । आर्थिक जटिलताका कारण व्यापार व्यवसाय सुचारु रुपमा सञ्चालन हुन नसक्दा र सर्वसाधारणको आयआर्जनमा समेत बृद्धि नहुँदा उद्यमी व्यवसायीमात्र होइन सबै तह र तप्काका उपभोक्ताहरु समेत प्रभावित भएका छन् । वर्तमान विषम् परिस्थितिमा सबै जना एक जुट भएर विद्यमान अवस्थाको सामना गर्नुपर्ने देखिन्छ ।’

संघले चितवनका विभिन्न व्यापारिक केन्द्रमा घर÷सटर बहालमा लिई व्यवसाय गर्ने व्यवसायीहरुले घर बहालसमेत भुक्तान गर्न नसकेको अवस्था छ भने अर्को तर्फ घर बहाल समयमा नपाउँदा घर बहालमा आश्रित घरधनीलाई समेत अप्ठ्यारोे परेको जनाएको छ । यस्तो परिस्थितिमा घर बहालमा लिने र दिने दुवै पक्ष आपसी समझदारीमा रही परिस्थितिको सामना गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकोले घर धनीहरुले कम्तिमा यो अवस्था सहज नहँुदासम्मको लागि घर भाडामा केही प्रतिशत छुट दिन संघको माग छ ।

त्यस्तै घर बहाल सम्झौता बमोजिम यस वर्ष घरबहालमा वृद्धि गर्ने समय आएका घरधनीहरुले यो समयमा घरभाडामा वृद्धि नगरी राहत प्रदान गर्न संघले सबैमा अपिल पनि गरेको छ । संघले भनेको छ, ‘यस किसिमका संकटको घडीमा सरोकारवाला सबै पक्षबीच आपसी सद्भाव र सहिष्णुता झनै आवश्यक पर्छ । आगामी दिनमा आउन सक्ने आर्थिक संकटलगायत व्यवसायिक समस्या समाधानार्थ व्यवसायीहरुसँगै रही परिस्थितिको सामना गर्नको लागि उद्योग वाणिज्य संघ–चितवन सदैव तत्पर रहने प्रतिबद्धता समेत ब्यक्त गर्दछौं ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>