भिडियो

अश्मिता अधिकारीको नयाँ गीत ‘चल्यो चल्यो बतास चल्यो’ सार्वजनिक

Banner

चितवन, जेठ १७-

नेपाल आइडलबाट उदाएका गायक गायिकाद्वय किरण भुजेल र अश्मिता अधिकारीको आवाजमा ‘चल्यो चल्यो बतास चल्यो’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा रमेश विस्वकर्मा, आयुष्मा कार्की, दिया जिसी, दिपेन्द्र खत्री ( आरुष) तथा टिकटकबाट चर्चित बनेका बालकलाकार आरुषी ढकाल र रोनिश खड्काको अभिनय देख्न सकिन्छ ।

रोनिश एण्ड ड्याड प्रोडक्सनको ब्यानरमा निर्माण भएको गीतमा गोविन्द कुँइकेलको शब्द डिबी लामाको संगीत, पुस्कर सुनुवारको एरेन्ज, दिपेश प्रधानको मास्टरिंङ÷ मिक्सिंङ रहेको छ । चक्रबहादुर रिजालले खिचेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । सियोन श्रेष्ठले निदेशन गरेको भिडियोमा कलाकारहरु अभिनय राम्रो देख्न सकिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>