देश/प्रदेश

अछामका अंग्रेजी शिक्षकलाई जर्मन प्रशिक्षक किमको नेतृत्व विकास तालिम

Banner

अछाम, फागुन १४-

जर्मनका प्रशिक्षक किम जे बादेनले अछामका मलेख नगरपालिकाका १५ शिक्षकलाई नेतृत्व विकास तालिम दिएका छन् ।

दुर्गम क्षेत्रका शिक्षकहरुलाई फरक फरक शैलीबाट शिक्षण गर्न र अनुसन्धान गर्न सजिलो हुने गरी बादेनले दुई दिने तालिम दिएका हुन् । ‘टिचर लिडरशिप इन एक्सन’ अन्तर्गत शिक्षकको नेतृत्वदायी भूमिकालाई व्यवहारमा उतार्नको लागि दिइने तालिमको लागि किम नेपालका विभिन्न दुर्गम क्षेत्रहरु घुम्दै अछाम पुगेका हुन् ।

तालिमले मनोविज्ञान, सामाजिक, बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ । तालिमले कक्षाकोठा हुने शिक्षकको व्यवहार र कक्षाकोठाको बानी व्यवहारमा ठूलो परिवर्तन ल्याउने आशा राखिएको छ । किमलाई तालिममा स्नातकोत्तरमा शान्ति, द्वन्द्व र विकास अध्ययनरत विद्यार्थी सागर खड्काले साथ दिएका थिए । तालिममा सहभागी शिक्षकहरुले दुई दिने तालिम अपर्याप्त रहेको भन्दै नेपालका अन्य दुर्गम क्षेत्रका शिक्षकहरुलाई यसप्रकारको तालिम दिनुपर्ने विचार राखेका थिए । मेलेख नगरपालिकाका उपमेयर नृपबहादुर खड्काले समापन गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>