नवलपुर

गैँडाकोटका कम्युनिस्ट नेता गिरीको कोरोना संक्रमणबाट मृत्यु

Banner

भरतपुर, पुस २७-

अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य गोपाल गिरीको निधन भएको छ ।

राजधानीको ह्याम्स अस्पतालमा उपचाररत गिरीको आइतबार(हिजो) निधन भएको हो । पूर्वी नवलपरासीको गैँडाकोट निवासी गिरीलाई मंगलबार चितवनबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो । उनी निमोनिया र दमबाट पीडित हुनाका साथै कोरोना संक्रमित भएका थिए । उनको केही समय अघि मुटुको अप्रेसनसमेत गरिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी(मसाल)का केन्द्रीय संगठनकर्तासमेत रहेका गिरीको निधनप्रति नेकपा (मसाल) जिल्ला कार्यसमिति चितवनले गहिरो दुःख व्यक्त गरेको छ । जिल्ला प्रवक्ता मेघराज ढकालले शोक वक्तव्य प्रकाशित गरी नेता गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवार जनप्रति समवेदना प्रकट गरेका छन् । गिरी कम्युनिस्ट आन्दोलनका पुराना नेता समेत थिए । पछिल्लो समय नेकपा मसालको केन्द्रीय संगठनकर्ता तथा भरतपुर महानगर कमिटी सदस्य पनि थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>