क्रिकेट

सीपीएलः सौराहा स्याण्ड्सको ब्राण्ड एम्बासडरमा नायिका पूजा शर्मा

Banner

चितवन, माघ ७-

चितवनमा केही सातापछि हुन लागेको चितवन प्रिमियर लीग (सीपीएल) टि ट्वान्टी क्रिकेटको टिम सौराहा स्याण्ड्सले चर्चित नायिका पूजा शर्मालाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ ।

सीजी ल्याण्डमार्क भरतपुरमा आज (मंगलबार) एक कार्यक्रमकाबीच सौराहा स्याण्ड्सका प्रशिक्षक अनिल अधिकारी र नायिका शर्माबीच ब्राण्ड एम्बासडरका लागि सम्झौता भएको हो । यो सम्झौता तीन वर्षका लागि रहेको प्रशिक्षक अधिकारीले बताए ।

सो क्रममा बोल्दै नायिका शर्माले नेपालमा लोकप्रिय बनेको क्रिकेट र चलचित्र क्षेत्रलाई जोड्न आफू एम्बासडर बनेको बताइन् । उनले फिल्म उद्योग र क्रिकेटलाई संगै लैजानु पर्ने भन्दै सबैसंग हातेमालो गर्दै जानुपर्ने बताइन् । नायिका शर्माले आफूले सौराहा स्याण्ड्सको प्रवद्र्धन गर्नुको साथै चितवन प्रिमियर लीगको समेत प्रवद्र्धन गर्ने बताइन् ।

यस्तै नायिका शर्मा सौराहा स्याण्ड्सका गोल्डन अनर समेत बनेकी छिन् । चितवन प्रिमियर लीग क्रिकेट चितवनकै पहिलो व्यवसायिक लीग हो । पहिलो संस्करणको सीपीएल यही माघमा हुँदैछ । आयोजक नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रा.लि.ले छिट्टै पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराउँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>