कृषि
कावासोतीमा २१ करोड लगानीमा चिस्यान केन्द्र, सांसद महतले गरे शिलान्यास

ज्ञानु पंगेनी
नवलपुर, माघ ४ –
नवलपुरको कावासोतीमा तीन हजार मेट्रिक टन क्षमताको नवलपुर चिस्यान केन्द्र निर्माण हुने भएको छ ।
चिस्यान केन्द्रको शनिबार प्रतिनिधिसभा सदस्य तिलक महतले शिलान्यास गरेका हुन् । कावासोती नगरपालिका–१४ अग्र्यौलीमा उक्त चिस्यान केन्द्र निर्माण हुन लागेको हो । ‘प्रवासबाट आर्जित सिप, ज्ञान र पूँजी स्वादेशका लागि’ भन्ने नारा लिएर विदेशबाट फर्किएका नेपालीहरुको पहलमा उक्त चिस्यान केन्द्र निर्माण हुन लागेको छ ।
रिटर्नी कृर्षि तथा पशुपालन समुह स्थापना गरेर सोही संस्था मार्फत् नवलपरासी पूर्व र पश्चिम दुवै जिल्लामा नै यति ठूलो क्षमतामा पहिलो चिस्यान केन्द्र निर्माण गर्न लागेको रिटर्नी कृर्षि तथा पशुपालन समूहका अध्यक्ष नेत्र नारायण थनेतले जानकारी दिए । वैदेशिक रोजगारमा आर्जेको सिप र ज्ञानलाई आफ्नै माटोमा प्रयोग गरेर आत्मनिर्भर बन्ने र देशलाई पनि समृद्धिको बाटोमा अगाडि बढाउन सहयोग पु¥याउने उद्देश्यले विदेशबाट फर्किइएका (रिटर्नी) को पहलमा चिस्यान केन्द्र निर्माण गर्न लागेको अध्यक्ष थनेतले जानकारी दिए । यस चिस्यान केन्द्रमा देशभरका रिटर्नीहरुको सहभागिता रहेको थनेतले बताए ।
अध्यक्ष थनेतका अनुसार केन्द्र सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको २० प्रतिशत र ३० प्रतिशत विदेशबाट फर्किएका नेपालीहरुको लगानी गरी २१ करोडको लागतमा नवलपुर चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । १८ कठ्ठा जग्गा लिजमा लिएर उक्त चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । नवलपुर कृषि उपजका हिसावले समृद्ध रहेको र यहाँका किसानलाई थप प्रोत्साहित गर्न सकिएमा किसानदेखि उपभोक्तालाई लाभ दिन सकिने भएका कारण चिस्यान केन्द्र निर्माण गर्ने योजना बनाएर काम थालनी गरिएको थनेतले बताए । कृषि उपजको वृद्धिका लागि किसानलाई अत्याधुनिक तालिम र बीउ बिजन चिस्यान केन्द्रले नै उपलव्ध गराउने अध्यक्ष थनेतको भनाई छ । यसले हालको भन्दा बढी उत्पादन हुने र किसानलाई लागत खर्च कम भई प्रतिफल वृद्धि हुने उनी बताउँछन् ।
परियोजना संयोजक युवराज पाठकका अनुसार अहिले चिस्यान केन्द्रको फाइनल डिजाइन, आर्किटेक डिजाइन पूरा भएको छ । यस्तैगरी चिस्यान केन्द्रलाई आवश्यक पर्ने सामग्रीहरुको लागि सम्बन्धित कम्पनीहरुसँग जानकारी लिने र लिपिबद्ध गर्ने काम समेत पूरा भएको पाठकले जानकारी दिए । यो परियोजना सार्वजनिक खरिद ऐनअन्तर्गत जानुपर्ने भएकाले आवश्यक कानुनी प्रक्रिया र प्रशाशनिक कामको समेत थालनी गरिएको पाठकले बताए । अबको दुई हप्ताभित्र फाइनल डीपीआर तयार गरि टेन्डर प्रक्रियामा जाने समेत पाठकले जानकारी दिए ।
जर्मन प्रविधिबाट निर्माण गरिने चिस्यान केन्द्र आधुनिक हुनेछ । केनद्रमा ८ वटा च्याम्बर रहनेछन् जहाँ फलफूल, तरकारी र मासु भण्डारण गरिनेछ । किसानले कोल्डस्टोरलाई आफ्ना उत्पादन बेच्न सक्नेछन् भने भाडामा लिएर आफ्ना सामान राख्न चाहनेहरुका लागि पनि सेवा उपलव्ध हुने पाठकले जानकारी दिए ।
चिस्यान केन्द्र सञ्चालनका लागि वैदेशिक रोजगारबाट फर्केकाहरु तथा केही स्थानीय समेत गरी १०१ जनाको समूह बनाइएको छ । चिस्यान केन्द्र निर्माणको काम करीब दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
जिल्लामा चिस्यान केन्द्र स्थापना हुने भएपछि यहाँका किसान तथा सम्बन्धित पक्षले खुसी व्यक्त गरेका छन् । किसानहरुले उत्पादन गरेका भण्डारण गर्न किल्ने कृषि उपजहरुलाई आफ्नै ठाउँमा भण्डारण गरेर राख्नका लागी चिस्यान केन्द्र निर्माणपछि सहज हुने एक जना कृषक प्रेम प्रसाद गौडेलले बताए ।
जिल्लामा उत्पादन हुने सुन्तला, अमिलो, आलु, प्याज लगायतका कृषि उपज र हिमाली क्षेत्रको स्याउ समेतको यहाँ भण्डारण गरेर वेमौसममा बिक्री गरी अम्दानीमा वृद्धि गर्न सकिने प्रधानमन्त्री आधुनिकीकरण परियोजना सुन्तला जोन कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत विष्णुप्रसाद शर्माले बताए ।
शिलान्यासको औपचारिक समारोहलाई सम्बोधन गर्दै सांसद महतले दुई वर्ष भित्रमा नवलपुर चिस्यान केन्द्रको निर्माण कार्य सम्पन्न हुने जानकारी दिए । काम सुरु गर्नु अगावै संघीय सरकारको कृषि मन्त्रालयले काम सुरु गर्नु भनि एक करोड रकम कावासोती नगरपालीकाको खातामा पठाई सकेको महतले जानकारी समेत दिए ।
चिस्यान केन्द्र निर्माणले विदेशमा लामो समय काम गरेर फर्केका नेपालीहरुको नमुना काम हुने महतले बताए । नवलपुर कृषिमा आधुनिकिकरण बन्दै गएको भन्दै महतले यो जिल्ला छिट्टै मासुमा पनि आत्मनिर्भर हुने बताए ।
त्यस्तै कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले नेपाल सरकारले तय गरेको समृद्धि नेपाल, सुखी नेपाली नारालाई सार्थकता तुल्याउन युवाहरु जागरुक भएको बताए । नेपाल सरकारले सञ्चालन गरेका विभिन्न उद्योग तथा कलकारखाना असफल भएको नजिकबाट नियालिरहदा युवा कृषकहरु स्वयम् आधुनिक मोडलको चिस्यान केन्द« सञ्चालनमा लागि परेको भन्दै ढुंगेलले कृषकलाई आईपरेका समस्याहरुलाई सवलीकरण गर्न नेपाल युवा परिषद् सधै लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
काठमाडौँ महानगरपालिका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले चिस्यान केन्द«ले कृषकले उत्पादन गरेका बस्तुहरुको उचित भण्डारण, कृषकलाई वास्तविक मुल्य दिनाउन र बिचौलिया कम गर्ने सहयोग पु¥याउने विश्वास व्यक्त गरे । नवलपुरको चिस्यान केन्द्रमा धेरै भएका बस्तु वजारीकरणका लागी काठमाडौँ लैजान मद्दत् पु¥याउने भन्दै भण्डारीले विषादी रहित वस्तु उत्पादन गर्न समेत आग्रह गरे । कार्यक्रममा कावासोती नगर प्रमुख चन्द«कुमारी पुन, उपप्रमुख प्रमेशङकर मर्दनिया थारु, जनप्रतिनिधि, समाजसेवी विभिन्न कृषक समूहका व्यक्तित्व लगायतको सहभागिता रहेको थियो ।