अन्तर्राष्ट्रिय

अमेरिकी सैन्य अड्डामा इरानद्वारा तेस्रो पटक क्षेप्यास्त्र प्रहार, चार घाइते

Banner

काठमाडौँ, पुस २८-

इराकस्थित अमेरिकी सैन्य अड्डामा ६ दिनको अवधिमा इरानले तेस्रो पटक हमला गरेको छ । आइतबार अलबलादस्थित एयरबेसमा चार वटा रकेटबाट आक्रमण भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यो आक्रमणबाट चार जना घाइते भएको बताइएको छ ।

अल बलाद एयरबेसमा अमेरिकी सेना बसेका थिए । तर, इरान र अमेरिकाबीच तनाब बढेपछि यो एयरबेस अमेरिकी सेनाले छाडिसकेका थिए । आइतबारको हमलापछि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गरेर अमेरिकामा आक्रोश बढेको प्रतिक्रिया दिएका छन् ।

यही जनवरी ९ तारिखमा बगदादको अन्तर्राष्ट्रिय क्षेत्रमा मिसाइल आक्रमण भएको थियो । धेरै देशका दूतावास रहेको यो ‘ग्रिन जोन’मा दुई ठूला विष्फोट पनि भएका थिए । अमेरिकी अधिकारीहरुले यो आक्रमणमा इरान समर्थित शिया विद्रोही संगठन हासेदको हात रहेको दाबी गरेका छन् । त्यसअघि इरानले ७ जनवरीमा इराकमा अमेरिकी सेना बसेका दुई स्थानमा २२ वटा मिसाइल प्रहार गरेको थियो । अनबर प्रान्तका अलअसद र इरबिल एयरबेसमा गरिएका यी आक्रमणबाट ८० अमेरिकी सेनाको मृत्यु भएको दाबी इरानले गरे पनि पुष्टि भएको छैन ।   एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>