मकवानपुर

प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मतीमा नेकपाभित्र जुट्यो सहमति

Banner

हेटौंडा,पुस २५ –

प्रदेश ३ को स्थायी राजधानी र नामकरणको विषयमा सत्तारुढ नेकपाभित्र सहमति जुटेको छ । नेकपा प्रदेश ३ संसदीय दलको पटकरपटक गरी पाँच दिनसम्म चलेको बैठकपश्चात् शुक्रबार सहमति जुटेको हो । सहमतिअनुसार नेकपाले प्रदेशसभामा एउटामात्र प्रस्ताव दर्ता गराउनेछ ।

नेकपा सचिवालयको निर्देशनअनुसार प्रदेशसभामा स्थायी राजधानी हेटौंडा र नाम वाग्मती दर्ता गराउने भएको हो । ‘हामीले सबै सांसद्हरुको धारणापश्चात् प्रदेशको स्थायी राजधानी र नामकरणको विषयमा सहमति गरेका छौं । प्रदेशसभामा एउटामात्र प्रस्ताव दर्ता हुन्छ । सबैले त्यसैमा मतदान गर्नुहुनेछ ।’

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले फ्लोर क्रस गर्ने र अर्को प्रस्ताव दर्ता हुने सम्भावना नरहेको बताए । ‘हाम्रो पार्टीको आधिकारिक निर्णयअनुसार सबै अगाडि बढ्नुहुनेछ । पार्टीभित्र बहस र छलफल भएपछि एउटा निचोडमा पुग्नै पर्छ । हामी पनि निचोडमा पुगेका छौँ । अब एउटामात्र प्रस्ताव दर्ता हुन्छ । त्यसैमा मतदान पनि हुन्छ,’ मुख्यमन्त्री पौडेलले भने । उनले नेकपाभित्र ह्विपलाउनुपर्ने अवस्था सिर्जना नहुने दाबी गरे ।

नेकपा सचिवालयले पनि दुईपटकसम्म पार्टीको निर्णय अनुसार अगाडि बढ्नका लागि निर्देशन दिनुपर्ने अवस्था सिर्जना भएको थियो । प्रदेशसभामा नेकपाको ८० मत रहेका छ । ७४ मत भए स्थायी राजधानी र नामकरणका लागि पुग्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>