चितवन विशेष
भरतपुरमा ग्लोबल आईएमई बैंकको प्रभातफेरि
०

चितवन,पुस १९-
१३ औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम गरिरहेको ग्लोबल आईएमई बैंकले भरतपुरमा प्रभातफेरि गरेको छ । शनिबार बिहान केन्द्रीय बस टर्मिनल चोक भरतपुरबाट सुरु भएको प्रभातफेरि चौबिसकोठी, पुलचोक हुँदै गैंडाकोटसम्म पुगेको थियो । प्रभातफेरिमा यस क्षेत्रका शाखा कार्यालयमा कार्यरत कर्मचारीहरु सहभागी थिए । १३ औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सामाजिक कामहरु गरिरहेको प्रादेशिक कार्यालय प्रदेश नम्बर ३ का उपप्रमुख सञ्जय शर्माले जानकारी दिए ।
प्रदेश कार्यालय भरतपुरअन्तर्गतका ११ वटा शाखाका बैंकिङ कर्मचारी प्रभातफेरिमा सहभागी थिए । केही दिनअघि बैंकले चितवनको दुई ठाउँसहित देशव्यापी रक्तदान कार्यक्रम गरिएको थियो । जसमा करिब ५ सय जनाले रक्तदान गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>