चितवन विशेष
नारायणगढ–मुग्लिन सडक खण्डः पहिरो नियन्त्रणको काम सकिएन, पुस २२ गतेसम्म सडक बन्द हुने
०

चितवन, पुस ११–
नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो नियन्त्रण कार्यको समयावधि थप भएको छ । दुई साता भित्रमा पहिरो नियन्त्रणको काम सक्ने गरी काम थालेको आयोजनाले काम नसकिएपछि समयावधि थप गरिएको नारायणगढ–मुग्लिन सडक खण्ड आयोजनाले जनाएको छ ।
पहिरो नियन्त्रणको समयावधि थप गरिएसंगै दुई साता थप सडक अवरुद्ध हुने भएको छ । आयोजनाले पहिरो नियन्त्रणको कामलाई तीव्रता दिन पुस २२ गतेसम्मका लागि राजमार्ग बन्द हुने जनाएको छ । गत मंसिर २७ गतेदेखि विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी पहिरो नियन्त्रणको काम हुँदै आइरहेको छ ।
आयोजनाका प्रवक्ता इन्जिनियर शिव खनालले समयमै काम सम्पन्न नभएकाले सडक बन्द गर्ने समावधि बढाएर पुस २२ गतेसम्म पु¥याईएको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>