चितवन विशेष

भरतपुर महानगरपालिकाको पहलमा चितवनका पाँच माझी समुदायको घर बन्ने

Banner

चितवन पुस २-

पूर्वप्रधामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिभावकत्व ग्रहण गरेका दुई बालकको घर बन्ने भएको छ । अध्यक्ष प्रचण्डले विसं २०७५ वैशाखमा अभिभावकत्व ग्रहण गरेका अरुण मुसहर र पत्रुस माझीसहित पाँच घरपरिवारको घर बन्न लागेको हो ।

भरतपुर–२७ स्थित साझापुरको सडकछेउमा रहेको सरकारी जग्गामा ती बालक काँस निर्मित अव्यवस्थित घरमा बस्दै आएका छन् । अभिभावकत्व ग्रहणपछि यी दुई बालकको शैक्षिक अवस्थामा भने निकै सुधार आएको विद्यालयका शिक्षक बताउँछन् । झुपडी घरलाई विस्थापित गरी दुईकोठे पक्की घर निर्माण गर्न लागिएको वडाध्यक्ष गोविन्द गुरुङले जानकारी दिए ।

भरतपुर महानगरपालिकाको पहलमा घरको नक्सा बनाउने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । यस क्षेत्रमा जङ्गली जनावरको पनि जोखिम छ । “शौचालयसहितको दुईकोठे घर एक महिनाभित्रै निर्माण गरिसक्ने योजना बनाएका छौँ”, अध्यक्ष गुरुङले भने ।

दैनिक मजदुरी र माछा मारेर जीविकोपार्जन गर्दै आएका माझी समुदाय छाप्रोजस्तो घरमा बसेका थिए । अब बन्न लागेको प्रतिघर रु दुई लाख खर्च हुने अनुमान गरिएको छ । महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकालाई खरमुक्त घर निर्माण गर्ने योजनाअनुसार ५०० बढी घरपरिवारलाई निःशुल्क जस्तापाता वितरण गर्ने काम अन्तिम चरणमा पुगेको बताइन । दाहालले तीमध्ये माझी समुदायको घरको अवस्था जीर्ण भएकाले पाँच घर तत्काल निर्माण गर्न लागेको बताइन।

जिल्लामा चिसो ह्वात्तै बढेसँगै ती घरपरिवारलाई न्यानो कपडा उपलब्ध गराइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले उनीहरुलाई कम्बल, ज्याकेट र खाद्यान्न सामग्री दिइएको जानकारी दिए। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>