देश/प्रदेश

सौतेनी छोराछोरीलाई विष हालेर तरकारी खुवाउँदा आफ्नै ज्यान गयो राधिकादेवीको

Banner

पर्सा, पुस १-

वीरगञ्जमा एक महिलाको तरकारीमा विषादी हालेर खाँदा मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२४ बहुअरीका जगदीशप्रसाद कुर्मीकी कान्छी श्रीमती ३२ वर्षिया राधिकादेवी कुर्मीको मृत्यु भएको हो ।
घरयासी झगडाको आक्रोशमा उनले तरकारीमै विषादी हालेर परिवारका अन्य सदस्यहरुलाई समेत खुवाएकी थिइन् ।

विषादी हालेर पकाइएको तरकारी खाएका उनका आफ्नै नाबालक छोरा र ३ सौतेनी छोरा र १ छोरी गरी ५ जना पनि सिकिस्त बिरामी भएका छन् । राधिकादेवीले गएराति गहुँबालीमा छर्ने बिषादी तरकारीमा हालेर आफुसहित परिवारका सदस्यहरुलाई पनि खुवाएकी थिइन् । गम्भीर बिरामी भएका राधिकासहित परिवारका ६ जनालाई उपचारका लागि गएराति नै वीरगन्जको तराई अस्पतालमा पुरयाइएको थियो ।

अस्पतालमा उपचारकै क्रममा राधिकादेवीको मृत्यु भएको हो । विषादी हालिएको तरकारी खाएर बिरामी परेका राधिकाका आफनै छोरा ३ वर्षीय विवेक कुमार तथा सौतेनी पटट्टीका तीन छोरा र एक छोरीको भने अवस्था गम्भिर रहेको जनाइएको छ । उनीहरु पाँचै जनालाई गएराति नै वीरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले बताए । उनीहरु पाँचै जनाको अवस्था गम्भिर रहेको प्रहरी निरिक्षक साहले बताए ।

साहका अनुसार केहिवर्ष पहिले जेठी श्रीमतीको निधन भएपछि जगदीशले अर्को विहे गरि कान्छी श्रीमतीको रुपमा राधिकालाइ घरमा भित्रयाएका थिए । सोमबार बिहानको खाना पकाउने विषयमा राधिका र सौतेनी पट्टीकी छोरी मनिषाबीच झगडा भएको थियो ।

सोही आक्रोशमा राधिकाले तरकारीमा विषादी हालेर आफुसहित परिवारका सदस्यहरुलाइ पनि त्यहि तरकारी खुवाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी निरिक्षक साहले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>