चितवन विशेष
विश्वकर्मा सहकारीको सातौं वार्षिक साधारणसभा

चितवन, मंसिर ३०–
विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था लि.को सातौं वार्षिक साधारणसभा आज (सोमबार) नारायणगढमा सम्पन्न भएको छ ।
साधारणसभाको चर्चित हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले समुद्घाटन गरे । सो क्रममा बोल्दै प्रमुख अतिथि धुर्मुसले सहकारीले गरेको प्रगतिको प्रसंशा गरे । उनले सहकारीले आर्थिक विकास गराउनुको साथै समाजप्रति सकरात्मक सन्देश दिने गरेको बताए । उनले सामाजिक उत्तरदायित्व अन्तरगत सहकारीले निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेकोमा खुशी व्यक्त गर्दै सानो सहयोगले पनि अर्थपूर्ण रहने बताए ।
वि.सं.२०६९ सालमा स्थापना भएको यस सहकारीमा हाल छ सय जना शेयर सदस्यहरु रहेका छन् । यस सहकारीको कुल चार करोड सम्पत्ति रहेको छ ।
कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सहकारीका शेयर सदस्यहरुका छोरा÷छोरी पुरस्कृत गरिएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष विपेन्द्र रामुदामुको अध्यक्षतामा सम्पन्न भएको थियो ।