कालिका
कालिकाको मिलीजुली चोकमा रक्तदान
०

चितवन, मंसिर २८-
सिराइचुली दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध चिस्यान केन्द्र, कञ्चन दुग्ध उत्पादक सहकारी संस्था र अजम्बरी बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा आज रक्तदान भएको छ ।
सत्येश्वर शिवालय मन्दिरको प्राङ्गण कालिका वडा नं. ६ मिलीजुली चोकमा भएको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका थिए । रामकृष्ण दुलालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि डा. कृष्ण पण्डित तथा विशिष्ट अतिथि कालिका वडा नं. १ वडा अध्यक्ष लिलाबहादुर गुरुङ रहेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>