कालिका

चितवनमा १० विगाहामा मेवा खेती, कृषिमन्त्रीद्धारा अवलोकन

Banner

चितवन,मंसिर २५-

प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले चितवनको कालिका नगरपालिका ६ सुर्यपुरमा लगाइएको व्यवसायीक मेवा खेतीको अवलोकन गर्नुभएको छ । आज उहाँले मेवा खेतीको अवलोकन गर्दै मन्त्रालयले काम गर्ने किसानलाई प्रोत्साहन गर्ने बताउनुभयो । ‘मेवा स्वास्थ्यका लागि निकै फलदायी छ,उहाँले भन्नुभयो,यसको उत्पादनमा सरकारले सहयोग गर्छ ।’

करिब १० विगाहामा उन्नत जातको मेवा ( रेड लेडी पपैया ७८६) लगाइएको छ । चार जना कृषकले साउनदेखि व्यवसायीक मेवा खेती सुरु गरेका हुन् । खेती सुरु गर्न करिब ५० लाख लगानी लागेको कृषक भिमा मैनालीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>