खेलकुद
प्रधानमन्त्री ओलीको घोषणाः सागमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रूपैयाँ पुरस्कार

काठमाडौं मंसिर २५-
प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एशियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीलाई आर्थिक पुरस्कार घोषणा गरेका छन्।
प्रधानमन्त्री ओलीले आज बालुवाटारमा सागमा सहभागी खेलाडीलाई भेट्दै एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख रूपैयाँ र एउटा स्वर्ण जित्ने खेलाडीलाई ९ लाख रूपैयाँ दिने घोषणाा गरेका हुन्।
त्यस्तै, रजत पदक जित्नेलाई ६ लाख र कांस्य पदक जित्ने खेलाडीलाई ३ लाख रूपैयाँ पुरस्कार घोषण गरे।
‘हाम्रो जस्तो गरीब देशमा सरकारले खेलाडीलाई उचित सम्मान गरेको छ,’ उनले भने।
२४ मंसीरको साग समापनमा भिडिओ कन्फ्रेन्समार्फत् सम्बोधन गरेका प्रधानमन्त्री ओलीले खेलाडीलाई बालुवाटारमा निम्तो दिएका थिए।
सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जितेको छ। पदक तालिकामा नेपाल भारतपछि दोस्रो स्थानमा छ। नेपालले सागमा यति धेरै स्वर्ण पदक जितेको यो पहिलो हो।