चितवन विशेष

जनताले उपनिर्वाचनबाट काँग्रेसलाई प्रस्फुटित बनायोः प्रमुख सचेतक खाँड

Banner

चितवन, मंसिर १९–

नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेपाली जनताले उपनिर्वाचन मार्फत नेपाली काँग्रेसलाई प्रस्फुटित गराएको बताएका छन् ।

यही मंसिर १४ गते भएको उपनिर्वाचनमा तीन वटै वडामा काँग्रेसबाट विजयी भएका उम्मेद्वारका लागि काँग्रेस चितवनले भरतपुरमा आज (बिहीबार) आयोजना गरेको बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै प्रमुख सचेतक खाँडले यस्तो बताएका हुन् । कम्युनिष्टको दुइ तिहाइको सरकार भएको बेलामा नेपाली जनताले लोकतन्त्रको रक्षाका खातिर नेपाली काँग्रेसलाई सबल र सुदृढ गराउने चाहना प्रस्फुटित गराएको उपनिर्वाचनले पुष्टि गरेको बताए । उनले नेपाली काँग्रेसलाई अझै सबल र सुदृढ बनाउन निर्वाचित वडाध्यक्षहरुलाई राम्रो काम गर्न आग्रह गरे ।

प्रमुख सचेतक खाँडले प्रजातन्त्रको किल्ला नै चितवन भएकाले यसरी नै सबै एकढिक्का भएर पार्टीलाई जिताउन लाग्नु पर्ने बताए ।

यस्तै पूर्व मन्त्री समेत रहेका खाँडले वर्तमान सरकारले प्रजातान्त्रिक मूल्य मान्यतालाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाएका । उनले भने–‘सरकारले हरेक पक्षमा मानव अधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य पद्धतिलाई कमजोर बनाउने काम गरिरहेको छ, हामी सचेत हुनुपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>