खेलकुद
कराँतेको महिला टिम कातामा नेपाललाई स्वर्ण
०

काठमाडौँ मंसिर १६-
दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । फाइनलमा पाकिस्तानलाई हराउँदै नेपालले स्वर्ण जित्न सफल भयो ।
टिम काताको शीर्ष दुई स्थानमा रहेका टिमले फाइनल खेलेका थिए । जसमा नेपालले पाकिस्तानलाई पछि पार्दै उपाधि जित्न सफल भयो । नेपालकी निर्मला तामाङ, सरु कार्की र संगीता मगरले स्वर्ण जिते ।
प्रतिस्पर्धामा पाकिस्तान दोस्रो बनेको छ । श्रीलंकाले भने तेस्रो स्थान हात पार्यो । नेपालले २४ दशलमव ८८ अंक प्राप्त गर्यो भने पाकिस्तानले २३ दशमलव ३ अंक हात पार्यो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>