चितवन विशेष

ग्रेस इन्टरनेशनलको आयोजनामा भोलि चितवनमा अष्ट्रेलियन एडमिशन डे

Banner

चितवन,मंसिर १५-

ग्रेस इन्टरनेशनल चितवनको आयोजनामा भोलि (सोमवार) अष्ट्रेलियन एडमिशन डे आयोजना हुँदैछ । शहिदचोक स्थित ग्रेस इन्टरनेशनलको कार्यालयमा हुने एडमिशन डे को तयारी पुरा भएको ग्रेस इन्टरनेशनल नारायणगढका प्रवन्ध निर्देशक गणेश लामिछानेले जानकारी दिए । उनले विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म एडमिशन डे संचालन हुने जानकारी दिए । अष्ट्रेलियन एडमिशन डे मा ८ वटा अष्ट्रेलियन कलेज तथा युनिभर्सिटिहरुको उपस्थिति रहने लामिछानेले जानकारी दिए ।

सो अवसरमा विद्यार्थीहरुले कलेज तथा युनिभर्सिटिहरुका प्रतिनिधिहरुसंग फेस टु फेस अष्ट्रेलियाको शिक्षा बारे जानकारी लिन सक्ने लामिछानेले बताए । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि अष्ट्रेलियन एडमिशन डे निकै फलदायी हुने प्रवन्ध निर्देशक लामिछानेको भनाई छ ।

कक्षा १२ उत्तीर्ण गरेका ब्याचलर मास्टर गर्न विदेश जाने योजना बनाइरहेका विद्यार्थीलाई अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि तथा ग्रेस इन्टरनेशनलका मान्यता प्राप्त अनुभवी शैक्षिक परामर्शदातृहरुद्वारा करियर काउन्सेलिङसँगै एब्रोड स्टडीका विविध विषयमा परामर्श दिन अष्ट्रेलियन एडमिशन डे आयोजना गरिएको हो ।

यस्तै एडमिशन डे मा सहभागि हुने विद्यार्थीहरुलाई ग्रेसले प्रिभिलेज कार्ड उपलब्ध गराउने भएको छ । सो कार्ड लिएर ग्रेसमा वा अन्य ट्रेनिङ, सपिङ सेन्टरलगायतमा जाँदा छुटको व्यवस्था गरेको छ । यस्तै विद्यार्थीहरुलाई विभिन्न आकर्षक उपहारको व्यवस्था पनि गरेको छ ।
सन् २००६ मा स्थापना भएको ग्रेसले अष्ट्रेलिया जाने विद्यार्थीलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>