चितवन विशेष
उपनिर्वाचलाई लक्षित गरी चितवनमा मदिराको व्यापारमा रोक

चितवन, मंसिर ११-
जिल्ला प्रशासन कार्यालय चितवनले मंसिर १४ गते हुने उपनिर्वाचलाई दृष्टिगत गरी उपनिर्वाचन हुने वडामा मदिराको व्यापारमा रोक लगाएको छ ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १६, खैरहनी नगरपालिकाको वडा नम्बर ४, ५ का सबै क्षेत्र र सीमानाको ५०० मिटर वरिपरीसम्म मदिराजन्य पदार्थको उत्पादन, बिक्री वितरण र सेवन गर्न निषेध गरको जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख छ । यो निषेध आज साँझ ६ बजेबाट १५ गते बेलुका ८ बजेसम्म कायम रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय चितवनले उपनिर्वाचनको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै निर्वाचन हुने वडाहरुमा मंसिर १३ गते बेलुका ६ बजेबाट १४ गते बेलुका ८ बजेसम्म पाँच जनाभन्दा बढी हिडडुुल गर्न पनि रोक लगाएको छ । प्रशासनले सर्वदलीय बैठक मार्फत् निर्वाचनको समयमा सीमित सवारीका साधनलाई मात्र सवारी पासको पनि व्यवस्था गरेको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।