चितवन विशेष
आचार संहिता उल्लंघन गरेको भन्दै काँग्रेसको आपत्ति
०

चितवन, मंसिर १०–
आसन्न उपनिर्वाचनमा सत्तारुढ दल नेकपाले आचार संहिता विपरित काम गरेको भन्दै नेपाली काँग्रेस चितवनले आरोप लगाएको छ ।
सत्ताको आडमा निर्वाचनको माहौल प्रभावित पार्ने काम भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयको ध्यानाकषर्ण गराएको छ । नेकपाले नियम विपरित काम गरेको भन्दै आपत्ति जनाएको हो । भरतपुर १६ मा सोमबार आयोजित चुनावी सभामा सार्वजनिक स्थानमा पार्टीको झण्डा राखेको भन्दै विरोध गरेको छ ।
नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीले प्रेस विज्ञप्ती जारी गर्दै सार्वजनिक बाटो अवरुद्ध गरेर कार्यक्रम गरेको भन्दै ध्यानाकर्षण गराएका छन् । उनले सरकारको नेतृत्व गरिरहेको दलले नै उपनिर्वाचनलाई प्रभावित पार्ने गरी आचार संहिता उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>