कर्पोरेट

एनसेलको ‘रिचार्जमा चमत्कार’ योजना सार्वजनिक

Banner

काठमाडौं, मंसिर १०-

एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ योजना ल्याएको छ ।

एनसेलले जारी गरेको विज्ञप्तिमा टिभी कार्यक्रम र आफ्नो फेसबुक पेज मार्फत् पाँच भाग्यशाली कोडहरुको घोषणा गरेको जनाएको हो । यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बर बाहक एनसेल ग्राहकले जनही दुई लाख नगद पुरस्कार जितेका छन् ।

आफ्नो कष्टमर लोयल्टी योजनाअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ देखि सञ्चालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता दुई लाख र प्रत्येक महिना १० लाख जित्ने मौका पाउँछन् । योजनाको पहिलो हप्ता (मंसिर १–७) का विजेता ग्राहकलाई एनसेलले आगामी शुक्रबार मंसिर १३ भित्र पुरस्कार रकम हस्तान्तरण गर्ने एनसेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकले हप्तामा १०० रुपैयाँ वा यस भन्दा बढीको रिचार्ज गरि साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन सक्छन् । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा सञ्चालन भइरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले १०० वा त्यो भन्दा बढीको ब्यालेन्स रिचार्जमा प्रत्येक १०० रुपैयाँ बराबरको एक विषेश कोड एसएमएस मार्फत् प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले ३५० रिचार्ज गर्छन् भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्छन् । त्यसैगरी ग्राहकले ५०० रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन् ।

यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नपर्ने हुन्छ । एनसेलले ग्राहकका लागि कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत यो आकर्षक योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको जनाएको छ ।

यस योजनाअन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपिवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेज मार्फत् पाँच भाग्यशाली ग्राहकको घोषणा हुन्छ । आवश्यक प्रक्रिया पु¥याई प्रत्येक हप्ताको शुक्रबार भित्र अघिल्लो हप्ताका विजयीलाई नगद पुरस्कारसमेत हस्तान्तरण गरिने एनसेलले विज्ञप्तिमा उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>