राजनीति
प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न
०

काठमाडौँ मंसिर १०–
प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया सम्पन्न भएको छ । पेट दुखेपछि मंगलबार बिहान त्रिवि अस्पताल लगिएकोमा उनलाई एपेन्डिसाइटिस भएको थियो ।
त्यसपछि डाक्टरहरुले लगत्तै शल्यक्रिया गरेका थिए । प्रधानमन्त्री ओलीलाई पूर्णरुपमा बेहोस बनाएर शल्यक्रिया गरिएको हो । केही बेरमा उनलाई अप्रेशन थिएटरबाट बाहिर निकाल्ने तयारी छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, १४, ३० र मंसिर ८ गते गरी चारपटक डायलासिस गरिसकेको छ । ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी पनि भइरहेको छ । उनको १२ वर्षअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । फाइल /तश्बिर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>