राजनीति
प्रधानमन्त्रीको मुटुमा राखिएको क्याथेटर निकालियो
०

काठमाडौं, भदौ २५-
प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको क्याथेटर (नली) बुधबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निकालिएको छ।
सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार गर्दा मुटुमा क्याथेटर राखिएको थियो। सेन्टरका चिकित्सकहरूका अनुसार प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस गर्दा मुटुमा राखिएको क्याथेटर १५ मिनेटमा निकालिएको थियो।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री सामान्य फलोअपका लागि सेन्टर पुगेका हुन्।
‘प्रधानमन्त्रीज्यू विहान सामान्य फलोअपका लागि जानुभएको हो। उहाँ बालुवाटार फर्किएर काममा सक्रिय भइसक्नुभएको छ,’ प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>