चितवन विशेष

एक्सपर्ट चितवनको अष्ट्रेलियन एजुकेशन सेमिनार आज

Banner

चितवन, भदौं २४–

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनको आयोजनामा आज भरतपुरमा वृहत अष्ट्रेलियन एजुकेशन सेमिनार हुँदैछ । विश्वकै प्रमुख शैक्षिक गन्तव्य मध्येको एक अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आइरहेको भरपर्दौ शैक्षिक परामर्श संस्था रहेको परिचित एक्सपर्टले विद्यार्थी र अभिभावकका लागि वृहत सेमिनार आयोजना गरेको हो । आज भदौं २४ गते (मंगलबार) ग्राण्ड अष्ट्रेलियन एजुकेशन सेमिनार आयोजना गरिएको हो । भरतपुरस्थित भरतपुर गार्डेन रिसोर्टमा सेमिनार आयोजना हुन लागेको हो । सेमिनार विहान ११ बजेदेखी अपरान्ह ४ बजेसम्म चल्नेछ । सेमिनारमा प्रवेशका लागि निःशुल्क व्यवस्था गरिएको छ ।

यस पटक सेमिनारमा १४ वटा कलेज तथा युनिभर्सिटिका आधिकारिक प्रतिनिधिहरुले विद्यार्थी र अभिभावकहरुलाई जिज्ञासा समाधान गर्ने एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । सेमिनारमा विद्यार्थीहरु तथा अभिभावकहरुले अष्ट्रेलियाका विभिन्न युनिभर्सिटी र कलेजका प्रतिनिधिलाई भेटेर र प्रत्यक्ष कुराकानी गरेर आफुले पढ्न चाहेको युनिभर्सिटी, विषय, शुल्क, अध्ययन सकेपछिको करिअर इत्यादी बारे जानकारी लिन सक्नेछन् । त्यसबाहेक विभिन्न बैंकका प्रतिनिधिहरु मार्फत शैक्षिक ऋण लिने प्रकृयाबारे पनि जानकारी लिन पाउने छन् । यस पटक सेमिनारमा विद्यार्थीहरुले क्यानडामा अध्ययनबारे पनि उचित परामर्श लिन सक्नेछन् ।

पछिल्लो डेढ दशकभन्दा बढी समय हामी अष्ट्रेलियामा मात्र केन्द्रित एक्सपर्टले क्यानडा जान चाहने विद्यार्थीका लागि पनि परामर्श सेवा सुरु गरेको छ । एक्सपर्टले त्यहाँको शिक्षा, कलेज र युनिभर्सिटिको बारेमा हरेक वर्षमा दुई÷तीन पटक एजुकेशन सेमिनार आयोजना गर्दै आएको छ । एक्सपर्टले सेमिनारमा सहभागिता जनाउन विद्यार्थी र अभिभावकहरुलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>