चितवन विशेष

चितवन प्रहरीको हिरासतमा साया र समर लभ पढ्दै रवि लामिछाने

Banner

चितवन, भदौं १-

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणले चितवनको माहोल यतिबेला तातिरहेको छ । यही प्रकरणमा न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने चितवन प्रहरीको हिरासतमा छन् । उनलाई रिहाइको माग गर्दै बाहिर उनका प्रशंसकहरुले नाराबाजी गरिरहँदा हिरासतभित्र थुनुवाको रुपमा रहेका पत्रकार रवि लामिछाने के गर्देछन् भन्ने जिज्ञासा सबैलाई छ । प्रायः मानिसहरु जेलमा बस्दा धेरै भन्दा धेरै पुस्तक पढ्ने गरेको त सबैले सुनेकै हो । लामिछानेले पनि चितवन प्रहरीको हिरासतलाई उपन्यास पढ्ने उपयुक्त थलो बनाएका छन् ।

बाहिर उनको फ्यानहरु नाराजुलुस र ढुंगामुढामा उत्रिरहँदा उनी भने हिरासतमा उपन्यास पढ्न मै व्यस्त छन् । संचारकर्मी लामिछाने अहिले सुविन भट्टराईको चर्चित उपन्यास साया पढिरहेका छन् । हिरासतमा बन्दीहरुको भीडमा पनि म्याट ओछ्याइएको भूँइमा नै बसेर एक छेउमा गहिरिएर उपन्यास लगातार पढेको देखेपछि उनको किताब मोहलाई मानवअधिकार कर्मीहरुले पनि प्रशंसा गरेका छन् ।

शनिबार साँझ पाँच बजेतिर मानवअधिकार सञ्जाल चितवनका संयोजक राजेन्द्र पौडेलसहितका पदाधिकारीहरु हिरासतमा जाँदा उनी साया उपन्यास पढिरहेका थिए । हिरासतको भूइँमा म्याट ओछ्याइएको थियो, उनी अरु थुनुवासँगै त्यहाँ रहे पनि एक छेउमा बसेर उपन्यास पढिरहेको मानव अधिकारकर्मीहरुले बताए । हाफ पाइन्ट र सर्ट लगाएर पुस्तक पढिरहेका उनले केही समय अगाडि आफूले समर लभ पढिसकेको र अहिले साया पढिरहेको मानवअधिकारकर्मी हरि अधिकारीलाई जानकारी दिएको अधिकारीले नारायणी अनलाइनलाई बताए ।

मानवअधिकारकर्मीहरु उनी बसेको कार्यकक्षमा प्रवेश गर्नासाथ उनले आफूलाई प्रहरीले किन पक्राउ गरेको हो ? भनेर मानवअधिकारकर्मीहरुलाई प्रश्न पनि गरेका थिए । बसाइ र खानपान सबै ठीक रहेको उनले बताएका थिए । हिरासत वरिपरि हतियारसहित प्रहरीको कडा पहरा,बाहिर सडकमा रविका प्रशंसकहरुको निरन्तरको प्रदर्शन र झडप । रवि भने साया उपन्यास पढ्न व्यस्त रहनु कुनै सिनेमाको दृश्य भन्दा कम लाग्दैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>